प्रसाईंलाई उपस्थित गराउन सर्वोच्चको आदेश

काठमाडौं, ४ मंसिर । सर्वोच्च अदालतले दुर्गा प्रसाईंलाई उपस्थित गराउन आदेश दिएको छ।सोमबार राति भक्तपुरस्थित निवासबाट सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको अभियोगमा पक्राउ परेका प्रसाईंलाई रिहा गर्न माग गर्दै छोरा निराजनले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमा सुनुवाइ गर्दै सर्वोच्चले उपस्थित गराउन आदेश दिएको छ।न्यायाधीश थी मेघराज पोखरेलको एकल इजलासले बिहीबार बाटोका म्याद बाहेक उनलाई फक्राउनु गर्नुको कारण पेश गर्न भनेको छ।
जारी आदेशमा भनिएको छ, ‘यसमा के कसो भएको हो निवेदकको मागबमोजिमको आदेश किन जारी हुन नपर्ने होरु आदेश जारी हुनु नपर्ने आधार र कारण भए सो समेत उल्लेख गरी यो आदेश प्राप्त भएको मितिले बाटाको म्याद बाहेक २४ घण्टाभित्र बन्दी सहित उपस्थित गराई महान्यायाधिवक्ताको कार्यालय मार्फत लिखित जवाफ पेश गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेश गर्नु।’

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति