विभिन्न जिल्लामा एमालेको जनसभा, केन्द्रीय नेताहरू पनि सहभागी

काठमाडौं, २९ कात्तिक । नेपाल कम्युनिस्ट पार्टी (एमाले)ले अधिकाँस जिल्ला सदरमुकाममा ¥यालीसहित जनसभा आयोजना गरेको छ । पार्टीले रुपन्देही, गोरखा, चितवन, सुर्खेत, सुनसरी, गुल्मी, लमजुङ गुल्मी लगायतका जिल्लामा जनसभा गरेको छ । सभालाई केन्द्रीय नेताहरू पनि पुगेका छन् । एमालेले वडा, पालिका हुँदै आज जिल्लास्तरीय सभा गरेको हो ।आगामी मंसिर ७ गते सो पार्टी काठमाडौंमा जनसभा गर्ने बताएको छ ।‘प्रतिगामी षडयन्त्र’विरुद्ध जनपरिचालन कार्यक्रम अन्तर्गत अधिकांस जिल्लाका सदरमुकाम वा ठूला शहरमा जनसभा गरेको हो । एमाले प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार जनसभामा व्यापक जनसहभागिता जुटाउन केन्द्रीय सदस्यहरु जिल्लामा खटिएका छन् । ‘पार्टीले सबै जिल्ला इन्चार्जलाई जिम्मेवारी क्षेत्रमा खटाएको छ । एमालेले जनपरिचालनका कार्यक्रम चार चरणमा सञ्चालन गरिरहेको छ । पहिलो चरणमा कात्तिक २२ गते देशैभर वडा भेला भएका छन् । कात्तिक २५ गते अधिकांश पालिकामा जनप्रदर्शन तथा र्याली गरिएको छ । तेस्रो चरणको कार्यक्रम अन्तर्गत शनिवार सबै जिल्लामा जनसभा गरेको छ भने । मंसिर ६ गते काठमाडौँमा विशाल जनसभा गरेर समापन गरिने गौतमले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति