जेन्जी आन्दोलन बुझन २३ गतेको रगतले भिजेको जुत्ता हेनुपर्छ –दामोदर त्रिपाठी (भिडियो)

काठमाडौं, २९ कात्तिक । मानवशास्त्रका अध्यापक तथा सार्वजनिक बौद्धिक मञ्च नेपालका संयोजक दामोदर त्रिपाठीले मुलुकमा भएको जेन्जी आन्दोलको बारेमा बुझन भदौ २३ गतेको रगतले लतपतिएको जुत्ता हेनुपर्ने बताए । उनले एबीसी टेलिभिजनको कार्यक्रम एबीसी विषेशमा बोल्दै मुलुकमा भएको जेन्जी आन्दोलनपछिको परिवर्तनलाई हामीले सवै आत्मसात् गर्नुपर्ने बताएका हुन । उनले मुलुकमा भएको विसंगति र विकृतिका विरुछ यस्तो प्रतिरोध हुनसक्ने आँकलन समेत पहिलेनै गरेको दावी गरेका छन् । उनले कार्यक्रममा बोल्दै अब दलतन्त्रलाई पराजित गरेर यो देशको एक मात्र सत्य र शक्तिको स्रोत जनता हो भन्ने मान्यता पुनः सिद्ध भएको बताएका छन् । नेपाली जनता र जन–अभ्यास उपलब्ध कुनै पनि दल, नेता, विचार, सिद्धान्त वा दर्शन भन्दा माथि छन् भन्ने मान्यतालाई यो प्रतिरोधले फेरि एकपटक स्थापित गरिदिएको उनि बताउछन् । २०८२ भदौ २३ र २४ गते भएको नेपाली युवा क्रान्तिको मुख्य सन्देश यही भएको उनको दावी छ ।
भिडियो

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति