कांग्रेस नेता दीपक खड्का जोडिएको स्काउटको जग्गामा महानगरको डोजर चल्यो

काठमाडौँ, २७ कात्तिक । काठमाडौंको लैनचौरमा रहेको स्काउटको जग्गा कब्जामा लिएर भाडा नतिरी बसेको भन्दै लामो समयदेखि विवादमा रहेको जग्गाभित्र रहेका टहरामा काठमाडौं महानगरले डोजर चलाएको छ ।स्काउटले भाडामा दिएको जग्गामा खड्काले विभिन्न संरचना बनाएको र भाडा नतिरेको आरोप छ । कांग्रेस नेता तथा पूर्वमन्त्री खड्काले त्यहाँ व्यापारिक भवन बनाएको र भाडा तिर्न नमानेको भन्दै खाली गर्न पत्राचार गरिएको थियो ।तर खाली नभएपछि आज बिहानै काठमाडौं महानगरपालिकाको डोजरले उक्त जग्गाभित्र बनेका टहरा भत्काएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति