काठमाडौं २४ कात्तिक,। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जेनजी आन्दोलन कुनै क्रान्ति नभई उपद्रव भएको टिप्पणी गरेका छन् ।
सोमबार राष्ट्रिय सभा गृहमा आयोजित घर फर्क अभियानको राष्ट्रिय घोषणा सभालाई सम्बोधन गर्ने क्रममा अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

‘जेनजी आन्दोलनमा जसरी आगो लगाइयो, यो राजनीति होइन । यो समाज परिवर्तनका लागिको आन्दोलन होइन,’ ओलीले भने, ‘यो कसैले सिकाएर गरिएको एकदमै योजनाबद्ध, गुगल म्याप हेरिकन, खल्ती खल्तीमा म्याप बोकेर, हात हातमा हतियार र विस्फोटक चिज बोकेर हिँडेका मान्छेको योजनाबद्ध क्रियाकलाप हो । यो कुनै क्रान्ति होइन । विश्वमा यस्तो क्रान्ति कहीँ हुँदैन । यो उपद्रव हो ।’
उनले क्रान्ति भन्ने कुरा सकारात्मक नतिजा दिनेगरी हुनुपर्ने बताउँदै २३ र २४ गते के प्रगति भयो ? भन्दै प्रश्न गरे ।

‘क्रान्ति भनेको त गरिराख्नुपर्छ । क्रान्ति भनेको राम्रो कुरा हो । सकारात्मक नतिजा दिन्छ समाजलाई । २३ र २४ गते हामीले त्यो प्रगति पायौं रु,’ उनले भनेका छन् ।
जेनजीको भावनामा बनेको भन्ने सरकारले पार्टीका नेताहरुको मुख हेर्न मन छैन भन्ने, उनका मन्त्रीहरुले दलहरुलाई चुनावमा भाग लिन दिन्नौ भन्ने र मन्त्री बनाउनेहरुले यिनै दलले चुनाव जित्ने हो भने किन चुनाव गर्ने भनिरहेको भन्दै ओली संसद पुनस्र्थापनाको विकल्प नभएको दावी गरे ।

उपद्रव रोक्न एमालेले अलिक तयारी गर्न नभ्याएको भन्दै ओलीले अब एमाले अखिललाई सवै निजी क्याम्पसमा संगठन गर्न निर्देशन दिएका छन् ।
कार्यक्रम एमाले महासचिव शंकर पोखरेलले सुशीला कार्की सरकारले चुनाव गर्ने योजना नबनाएको आरोप लगाएका थिए ।

प्रतिक्रिया