नेपाल ट्रस्टका पूर्वसचिव कार्की पक्राउ, नेपाल ट्रष्टको जग्गा काण्डमा सरकारको आँखा यति ग्रुपतिर

काठमाडौं २३ कात्तिक,। नेपाल प्रहरीले नेपाल ट्रस्टका तत्कालीन सहसचिव लेखबहादुर कार्कीलाई पक्राउ गरेको छ ।

६६ वर्षीय कार्की अवकाश प्राप्त सहसचिव हुन् । उनलाई शुक्रबार चितवनबाट पक्राउ गरेर दरबारमार्गस्थित ट्रस्टको जग्गा लिज सम्झौता बारे अनुसन्धान सुरु गरिएको केन्द्रीय अनुसन्धान ब्युरो ९सीआईबी० का प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक ९एआईजी० मनोज केसीले जानकारी दिए ।

संस्थालाई नोक्सानी हुने गरी ३० वर्षका लागि जग्गा लिजमा दिइएको आरोपमा प्रहरीले ठगी, आपराधिक विश्वासघातसम्बन्धी कसुरमा अनुसन्धान अघि बढाएको केसीले जानकारी दिए ।
सरकारले पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीसँग निकट सम्वन्ध मानिएको यति ग्रुपको जग्गा लिज घोटालाबारे छानबिन गर्न थालेको देखिएको छ । नेकपाको सरकारका बेला प्रधानमन्त्री रहेका बेला ओलीले यति ग्रुपलाई फाइदा पुग्नेगरी नेपाल ट्रष्टको नाममा रहेका सरकारी जग्गाहरु सस्तो भाडादरमा लामो अवधिसम्मका लागि दिएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति