विप्लव, जनार्दन र घनश्याम पार्टी गठनबारे छलफलमा

काठमाडौं २१ कात्तिक, । नेपाल प्रगतिशील अभियानका नेता जनार्दन शर्मा र एकीकृत समाजवादीका महासचिव घनश्याम भूसाल नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवलाई भेट्न पुगेका छन् ।

नेताद्वय शुक्रबार बिहान ललितपुरस्थित हरिसिद्धीमा रहेको विप्लव निवासमा पुगेका हुन् । नेतात्रयबीच अहिले छलफल जारी छ ।

माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीबीच एकता प्रक्रियाबाट असन्तुष्ट भएका नेताहरूले छुट्टै ध्रुवीकरण गर्ने चर्चाका बीच उनीहरू छलफलमा जुटेका हुन् ।

पार्टी विभाजन अघि नै शर्मा, राम कार्की र भूसालले विप्लव लगायतका नेताहरूसँग नयाँ ध्रुवीकरणका लागि अनौपचारिक कुराकानी गरिरहेका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति