काठमाडौँ १९ कात्तिक। नेपाली कम्युनिस्ट पार्टीका नवनिर्वाचित संयोजक पुष्पकमल दाहाल प्रचण्डले विचार मिल्नेसँग पार्टी एकता र नीति मिल्नेहरुबीच मोर्चा बनाएर आफूहरुले देशको नेतृत्व गर्ने घोषणा गरेका छन् । बुधबार १० वटा पार्टीबिच भएको एकता इतिहासकै अविस्मरणीय दिन भएको प्रचण्डले स्मरण गर्दै नेकपालाई देशको एक नम्बर पार्टी बन्नबाट कसैले रोक्न नसक्ने दावी गरे ।
जेनजी आन्दोलनले समेत आफूहरुबीच एकताका लागि समेत उत्प्रेरित गरेको समेत प्रचण्डले स्पष्ट गरे ।
बुधबार भृकुटीमण्डपमा आयोजित आयोजित एकता घोषणा सभामा बोल्दै उनले यो ऐतिहासिक दिन कसैले मेटाएर नमेटिने जिकिर गरे ।
‘यहाँ सबै घटकमा एउटै विचार देखेँ । एक ढिक्का भएर देशका समस्या समाधान गर्न सक्छौँ भन्ने आत्मविश्वास बढेको छ । नयाँ शक्ति निर्माण भयो’, उनले भने, ‘आजको दिन नेपाली कम्युनिस्ट इतिहासमा अविस्मरणीय दिन बनेको छ । एक दुई घटकबिच एकता भएको छ । तर १० वटा घटकबिच एकता भएको थिएन । यो एकताका लागि मात्र होइन देशका सङ्कट समाधानका लागि बनेको एकता हो । यो इतिहास अब कसैले मेटाएर मेटिँदैन ।’

डिजिटल प्लेटफर्ममार्फत जेनजीले गरेको विद्रोहलाई प्रचण्डले समर्थन गर्दै उनीहरूको भावनालाई आत्मसात गरेर अगाडि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
प्रतिक्रिया