काठमाडौं १८ कात्तिक । माओवादी केन्द्रका तत्कालीन उपमहासचिव तथा ५ पटकका मन्त्री जनार्दन शर्माले अलग पार्टी बनाउने लामो तयारीमा रहेको खुलासा भएको छ । तर शर्मालाई उनकै परिवारले पनि साथ दिँदैनन् भन्ने उनका विपक्षी नेताहरुको टिप्पणी सही सावित भएको छ ।
को कता लागे ?
– कर्णाली प्रदेशका ६३ जना केन्द्रीय सदस्य मध्ये ६० जना प्रचण्ड तिर छन भने जम्मा ३ जना शर्मातिर उभिएका छन् ।
– जनार्दन , भाइ राजकुमार शर्मा र उनका सहयोगी सन्देश केसी मात्रै उनको पक्षमा उभिए ।
–अन्य केन्द्रीय नेतामा सुदन किराँती, जनार्दनका ज्वाइँ तथा रातोपाटीका मालिक ओम शर्मा र कान्छो भाइ अनिल शर्मा मात्र शर्माको पक्षमा उभिए ।
तर जनार्दनकै अर्का भाइ ओपेन्द्र शर्मा र नारायणी शर्मा भने विपक्षमा उभिएका छन । उनीहरू माओवादीले आज बोलाएको केन्द्रीय कमिटीको बैठकमा उपस्थित भएका छन । अर्की बहिनी विमला केसीले १५ दिन अघि नै जनार्दनले पार्टी छाडे पनि कुनै फरक नपर्ने कडा टिप्पणी गरिसकेकी थिइन् । यसले शर्माको नयाँ पार्टी बनाउने अभियानमा गम्भीर धक्का पुगेको माओवादी नेताहरुले टिप्पणी गरेका छन् ।
जनार्दनलाई उनकै परिवारका सदस्यले पनि साथ दिएनन्, को कता ?
प्रतिक्रिया