मुग्लिन नजिकै अवरुद्ध पृथ्वीराजमार्ग दुईतर्फी खुल्यो

काठमाडौं, १७ कात्तिक । सुक्खा पहिरोका कारण अवरुद्ध भएको पृथ्वीराजमार्ग मा अहिले दुईतर्फी यातायात सेवा सञ्चालनमा आएको छ।जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, राजमार्ग अन्तर्गत इच्छाकामना–३, चुमखोला नजिक आइतबार राति करिब ९ बजेतिर पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको थियो।सडक अवरुद्ध भएपछि यात्रु तथा सवारी साधन गन्तव्यमा पुग्न सकेका थिएनन्। प्रहरी र सडक विभागको संयुक्त प्रयासमा पहिरो पन्छाउने काम तत्काल सुरु गरिएको थियो।
जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले सडक विभागको उपकरण प्रयोग गरी पहिरो हटाइएपछि गए रातिदेखि नै सडक दुईतर्फी रूपमा सञ्चालनमा आएको जानकारी दिएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति