सुकुम्वासी बस्तीमा महानगरले डोजर चलाएकोमा अभियन्ता ईः ईः को विरोध

काठमाडौं १६ कात्तिक । काठमाडौँ महानगरपालिकाले सुकुम्वासी बस्तीमा रहेका अवैध संरचनामा डोजर चलाएको कार्यप्रति सामाजिक अभियन्ता ईः ईः ले असन्तुष्टि व्यक्त गर्दै तत्काल वैकल्पिक समाधान खोज्न र मानवीय विधि अपनाउन माग गरेका छन्।

ईः ईः ले सामाजिक सञ्जाल मार्फत विपद्ले मानिस किन अव्यवस्थित बसोबास गर्न बाध्य हुन्छन् भनेर निरन्तर स्मरण गराइरहेको परिपेक्षमा त्यस्ता बस्तीमाथि हठात् डोजर चलाउने कार्यको लोकतान्त्रिक मूल्यमान्यतामा विश्वास राख्ने र न्यूनतम मानवीय संवेदना भएको मानिसले समर्थन गर्न नसक्ने बताएका छन्।

वास्तविक बसोबास र सहाराविहीन मानिसको पहिचान गर्दै उनीहरूलाई विकल्प दिएर आत्मसम्मानपूर्वक बाँच्ने बाटो देखाउनु पर्ने र संविधान बमोजिम न्याय गरेर बस्ती हटाउने कार्यमा गर्नुपर्ने बताएका हुन्।

सुकुम्वासी बस्तीमा रहेका व्यक्तिहरू वास्तविक आश्रयविहीन पहिचान गर्ने प्रक्रियालाई काठमाडौँ महानगरपालिकाले लामो समयसम्म वास्ता नगरेको बताउँदै डोजर चलाएर हिंसा मच्चाउने बाहेकको विकल्प महानगरले देख्न नचाहेको बताएका छन् । उनले सिकार जहिले गरिब र निरीह जनता हुनुपर्ने भन्दै द्वन्द्वात्मक कार्य सुशासनको बाटो नभएको स्पष्ट पारेका छन्।

ईः ईः ले विषयमा विभिन्न जेनजी प्रतिनिधि, अभियानकर्ता, बौद्धिक वर्ग, सङ्गठन आदिले धारणा सार्वजनिक गरी तत्काल पहलकदमी लिन आवश्यक भएको बताएका छन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति