प्रधानमन्त्री कार्कीले बोलाइन् सरकार, दल र जेनजीको त्रिपक्षीय बैठक

काठमाडौं, ११ कात्तिक । प्रधानमन्त्री सुशीला कार्कीले सरकार, राजनीतिक दल र जेनजीसहितको त्रिपक्षीय बैठक बोलाएकी छन्। बैठक बुधबार दिउँसो ४ बजे बालुवाटारमा आह्वान गरिएको प्रधानमन्त्रीका प्रेस संयोजक राम रावलले जानकारी दिए। निर्वाचनको वातावरण तयार गर्नेगरी प्रधानमन्त्री कार्कीले बैठक बोलाएको बताइएको छ। बैठकमा सरकाका तर्फबाट प्रधानमन्त्री कार्की र मन्त्रीहरू, राजनीतिक दल र जेनजीका तर्फबाट ८–९ वटा समूहका अगुवा सहभागी हुनेछन्। यसअघि कात्तिक ४ गते सरकार र राजनीतिक दलबीच छलफल भएको थियो। छलफलमा दलहरूले सरकारले निर्वाचनको वातावरण बनाउनुपर्ने माग राखेका थिए भने सरकारले त्यसका लागि प्रतिबद्धता व्यक्त गरेको थियो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति