प्रिमियर लिगमा ब्रेन्टफोर्डले वेस्टह्यामलाई २ गोलले हरायो

काठमाडौं, ४ कातिक । इंग्लिस प्रिमियर लिग फुटबलमा ब्रेन्टफोर्डले वेस्टह्यामलाई हराएको छ । गएराति भएको खेलमा ब्रेन्टफोर्डले वेस्ट ह्यामलाई २ गोलले पराजित गरेको हो ।

यो जीतसँगै ब्रेन्टफोर्ड आठ खेलमा १० अङ्कसहित तालिाको १३औं स्थानमा छ । पराजित वेस्टह्याम आठ खेलमा चार अङ्कसहित पुछारबाट दोश्रो स्थानमा छ ।

प्रिमियर लिगको शीर्ष स्थानमा आर्सनल, दोश्रोमा म्यानचेस्टर सिटी, तेश्रोमा लिभरपुल, चौथोमा बर्नमाउथ र पाँचौ स्थानमा चेल्सी रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति