तिहारमा मौसम सामान्यतया सफा रहने

काठमाडौँ, २ कात्तिक । तिहारमा मौसम सामान्यतया सफा रहने भएको छ । तिहारका बेला देशका पहाडी भागका एकरदुई ठाँउमा छिटपुट पानी पर्न सक्ने र उच्च हिमाली क्षेत्रमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
पश्चिमी वायुको प्रभावका कारण देशका केही पहाडी भू–भागमा आंशिकदेखि साधारण बदली हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले भोलि लक्ष्मीपूजाका दिन देशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू(भागमा मौसम मुख्यतया सफा रहने जनाइएको छ ।
कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एकरदुई ठाँउमा फाटफुट वर्षाको सम्भावना रहेको छ । यसैगरी भाइटिकासम्म नै सबै प्रदेशका पहाडी भ–ूभागका एकरदुई ठाँउमा हल्का वर्षा तथा उच्च पहाडी तथा हिमाली भू–भागका एकरदुई ठाँउमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति