प्रधानमन्त्रीको विश्व समुदायलाई अपिलः ‘देशको अवस्था सामान्य बनिसक्यो, सकारात्मक प्रचार गरिदिनू’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले नेपालस्थित कूटनीतिक नियोगका प्रमुख तथा विदेशी राजदूतहरूलाई सिंहदरबार बोलाएर देशको वर्तमान अवस्थाबारे ‘ब्रिफिङ’ गरेकी छन्। उनले अहिले देशको अवस्था सामान्य बन्दै गएको भन्दै नेपालको सकारात्मक अवस्था विश्व समुदायमा प्रसार गर्न आग्रह पनि गरिन्।

शुक्रबार सिंहदरबारमा कूटनीतिक निकायका पदाधिकारी र राजदूतहरूसँग छलफलका क्रममा प्रधानमन्त्री कार्कीले यस्तो बताएकी हुन् ।  

‘अब निष्क्रियताको कुनै ठाउँ छैन, हामीले जनताको वैध आकाङ्क्षाहरू पूरा गर्न फेरि समर्पित हुनैपर्छ’, प्रधानमन्त्री कार्कीले सम्बोधनका क्रममा भनिन्, ‘आन्दोलन हाम्रो सामूहिक जिम्मेवारी, सुन्ने, जवाफ दिने, सुधार गर्ने र उपलब्ध गराउने, प्रति एउटा शक्तिशाली स्मरण बन्यो ।’ 

उनले यसले राम्रो शासन, आर्थिक अवसर र सार्वजनिक जीवनमा इमानदारीप्रति जनताको गहिरो चाहनालाई प्रतिबिम्बित गरेको पनि बताइन् ।

कार्कीले सबै देश र विकास साझेदारप्रति सहयोग, मित्रता र समझदारीका लागि आभार व्यक्त गरिन्। उनले नेपालको समसामयिक अवस्थाका साथै आगामी फागुन २१ का लागि तय भएको प्रतिनिधिसभा चुनावको विषयमा जानकारी गराइन्।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति