जेनजी भन्दै सरकारी कार्यालयमा गएर धम्क्याउने अर्जुन शाही पक्राउ

काठमाडौं, २९ असोज । जेनजी भन्दै विभिन्न सरकारी कार्यालय गएर धम्क्याउने अर्जुन शाही पक्राउ परेका छन् ।उनलाई कोटेश्वरबाट बुधबार साँझ साढे ७ बजे पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवन भट्टराईले जानकारी दिए ।

विभिन्न अपराधिक मुद्दामा फरार देखिएकाले पक्राउ गरिएको भट्टराईले बताएका छन् । उनीमाथि थप अनुसन्धान भइरहेको उनले जनाए ।
अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ घर भएका २६ वर्षीय शाहीले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदअंप अधिकारीलाई धम्क्याउँदै राजीनामा मागेका थिए ।

अख्तियार, नेवानीमा पनि ज्ञापन पत्रसहित राजीनामा माग्न पसेका थिए । सुशीला कार्कीको शपथको क्रममा सुधनसँगै जेनजीको सहसंयोजक बनेर शीतल निवास छिरेका थिए ।
इलाम २ बाट डोजर चिन्हमा उपचुनावमा उठेका उनले जम्मा ५५ भोटमात्र पाएका थिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति