भदौ २३ घुसपैठको परिणाम, २४ मा भूराजनीतिक भूमरीमा पार्ने षड्यन्त्र गरियोः ओली(पूर्णपाठ)

काठमाडौं । जेनजी आन्दोनलबाट सत्ता बहिर्गमित भएका एमाले अध्यक्ष केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको आन्दोलनको संश्लेषण गर्दै पार्टीमा राजनीतिक प्रस्ताव पेश गरेका छन् । उनले भदौ २३ को घटनामा घुसपैठ भएको उल्लेख गरेका छन् ।

तर २४ गतेको घटना भने नेपाल राष्ट्रलाई नै समाप्त पार्ने र भूराजनीतिक भूँवरीमा पार्ने षड्यन्त्रको उपज भएको उनको संष्लेषण छ ।

ओलीको राजनीतिक प्रतिवेदनको सम्पादित अंश

भदौ २३ गते आयोजित जेनजी प्रदर्शन

सामाजिक सञ्जालको निर्वाध सञ्चालन, भ्रष्टाचार नियन्त्रण र सुशासन लगायत जेन जी युवाहरूले राख्नुभएका मागमा कसैको विमति थिएन । यी हामीले प्रयास गर्दै आएका कुरा हुन् र सामाजिक सञ्जाल बन्द गर्न होइन, नियमन गर्न मात्र खोजिएको थियो ।

संविधानले दिएको शान्तिपूर्ण भेला र सभा गर्ने अधिकार प्रयोग गर्दै आफूहरूको प्रदर्शन शान्तिपूर्ण, मर्यादित र प्रचलित कानुनको दायराभित्र रहेर आयोजना हुन्छ भन्ने बचनबद्धता सहित जेन जी युवाहरूद्वारा आयोजना गरिएको कार्यक्रमप्रति कसैको अन्यथा धारणा हुन सक्दैन ।

तर आयोजकहरूले शान्तिपूर्ण रूपमा आयोजना गरेको कार्यक्रममा घुसपैठ गरेर ठूलो सङ्ख्यामा युवा विद्यार्थीहरूको जसरी हत्या भयो हामी त्यस घटनाप्रति गहिरो दुस्ख व्यक्त गर्दछौँ ।

भदौ २३ गते गोली लागेर ज्यान गुमाउनु हुने युवाहरू र भदौ २४ गते अराजक भीडको हिंस्रक आक्रमणमा परेर ज्यान गुमाउनु हुने सुरक्षाकर्मी र नागरिकहरूहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौं र घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछौं ।

२.संसद भवनमाथि आक्रमण, गोलीप्रहार र हत्या भदौ २३ गते माइतीघर मण्डलाबाट नयाँ बानेश्वर पुगेको शान्तिपूर्ण आन्दोलनमा विभिन्न अपरिचित, शङ्कास्पद र हिंसक समूहहरू घुसपैठ गरेर निषेधित क्षेत्र तोड्न, जेन जी युवाहरूलाई घेरेर संसद भवन घेर्न, पर्खाल भत्काउन, भित्र पस्न र मुठभेडको स्थिति सिर्जना गरिएको स्थानमा पुयाइएको र त्यसो गर्न भड्काइएको यथार्थ विभिन्न तथ्यहरू मार्फत् बाहिर आइसकेको त्यस्तो स्थिति कसरी सिर्जना भयो ?

सम्भाव्य घुसपैठको आङ्कलन गरेर आवश्यक सुरक्षा सतर्कता किन अपनाइएन र किन गोली चल्ने परिस्थिति निर्माण भयो ?

यो सुरक्षा त्रुटि मात्रै थियो कि त्यसमा अरू स्वार्थहरू पनि अन्तरनिहित थिए ? त्यति ठूलो सङ्ख्यामा विद्यार्थी र युवाहरूको हत्या किन र कसरी भयो ? यस घटनाको यथार्थ छानबिन गर्नु र दोषीलाई कानुन बमोजिम दण्डित गर्नु जरुरी छ ।

भदौ २४ को त्रासदीपूर्ण घटना

भदौ २४ गते देशव्यापी रूपमा जुन स्वरूपको तोडफोड, आगजनी र लुटपाटको आतङ्क सिर्जना भयो, त्यो कुनै स्वतस्स्फूर्त, अघिल्लो दिनको घटनाको आक्रोशको परिणाम या सामान्य घटना थिएन । यो त लामो तयारी सहितको, सुनियोजित र राष्ट्र, जनता, लोकतन्त्र र संविधान विरुद्धको भयानक षडयन्त्र र आक्रमण थियो ।

वास्तवमा यो घटना विभिन्न शक्ति राष्ट्रहरूले शीतयुद्धपछि विभिन्न मुलुकमा गर्दै आएको तथाकथित ’कलर रिभोल्युसन’ कै अभ्यासको निरन्तरता थियो ।

यसको उद्देश्य सरकार परिवर्तन गर्ने मात्र थिएन, मुलुकको राष्ट्रियता, लोकतन्त्र र संविधानलाई ने समाप्त पारेर मुलुकलाई भूराजनीतिक भूमरीमा फसाउने, मुलुकको अर्थतन्त्रको मेरुदण्ड भाँच्ने र देशलाई अस्थिरता र अराजकतातिर धकेल्ने थियो ।

ललितपुरको भनिमण्डलमा जारी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पेस गरेको राजनीतिक प्रतिवेदनमा देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन आन्दोलन गर्नुपर्ने उल्लेख गरिएको हो।

‘सरकारको संरक्षणमा भइरहेका ज्यादती र उल्टो गतिका विरुद्ध एवं विघटित प्रतिनिधिसभाको पुनस्र्थापना गर्दै देशलाई संविधान र लोकतन्त्रको मार्गमा फर्काउन जनआन्दोलनको विकल्प नरहेको हाम्रो पार्टीको निष्कर्ष छ’, ओलीको प्रतिवेदनको १४ नम्बर बुँदामा उल्लेख छ, ‘तसर्थ, जनपरिचालन र जनआन्दोलनका विभिन्न कार्यक्रमहरू तय गर्दै अघि बढ्न सिंगो पार्टी पंक्ति, संविधान, लोकतन्त्रका पक्षधर राजनीतिक दलहरू र आम नागरिकलाई आह्वान गर्दछौँ।’

ललितपुरको भनिमण्डलमा बुधबारदेखि जारी केन्द्रीय कमिटीको बैठकमा ६ पृष्ठको १५ बुँदे राजनीतिक प्रतिवेदन पेश गर्दै ओलीले सो कुरा भनेका हुन्। 

यस्तो छ प्रतिवेदन

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति