काठमाडौं । नेकपा एमालेले मंसिर अन्तिम साता ११ औँ महाधिवेशन गर्ने निर्णय गरेको छ । ओली निवास भक्तपुरको गुण्डुमा बसेको बैठकले सरकारले चुनावको बातावरण विगारिरहेको रहेका ठहर गरेको छ।
भोलि र पर्सी एमाले केन्द्रीय कमिटि बैठक बस्दैछ । त्यसका लागि जनपरिचालन र महाधिवेशनको तयारी दुई वटा एजेण्डा तय गरेको उपमहासचिव प्रदीप ज्ञावलीले जानकारी दिएका छन् ।
‘सम्माननीय राष्ट्रपतिज्यूले यो सरकारलाई निर्वाचनको कार्यादेश दिनुभएको छ। तर सरकार निर्वाचनको बाटोमा होइन। निषेध, प्रतिशोध र मुठभेडको बाटोमा हिँडिरहेको हामीले अनूभूत गरेका छौँ’ ज्ञवालीले भने।
ज्ञवालीले प्रतिनिधि सभा पुनर्स्थापना हुनुपर्ने निष्कर्षमा एकाले पुगेको पनि जानकारी दिए।
प्रतिनिधि सभाको विघटन असंवैधानिक र अलोकतान्त्रिक भएको एमालेको ठहर छ।
सरकारले निर्वाचनको विश्वसनीय वातावरण बनाए विचार गर्न सकिने ज्ञवालीले बताए।
प्रतिक्रिया