न्यूयोर्क टाइम्सको अनुसन्धानले गत महिनाको अशान्तिमा समन्वित विनाशको अभियानलाई देखाएको छ । आधिकारिक अनुसन्धान भइरहेको छ, तर जवाफहरू पाउन कठिन हुँदैछ।
नेपालको सरकारी संरचनाहरू एकै दिउँसोमा आगोको लपेटामा परे।
हन्ना बीच र सजल प्रधान – काठमाडौंबाट : सेप्टेम्बर ९ मा, हिमालयन देशभर समन्वित आगजनी आक्रमणले सयौं सरकारी भवनहरू—ऐतिहासिक दरबार, सर्वोच्च अदालत, मन्त्रालयहरू र साधारण वडा कार्यालयहरू—ध्वस्त भए। राजनीतिक अभिजात वर्गसँग जोडिएका व्यवसाय र स्कूलहरू, साथै वर्तमान र अवकाशप्राप्त राजनीतिज्ञहरूको घर पनि निशानामा परे।
यो व्यापक आगजनी सेप्टेम्बर ८ मा काठमाडौंमा भ्रष्टाचारविरुद्ध प्रदर्शनकारी मध्येका १९ जनाको प्रहरी गोलीबाट मृत्यु भएपछि भएको थियो। सामान्य कथनअनुसार, युवा प्रदर्शनकारीहरूले हत्याको आक्रोशमा आगजनी गरेका थिए ।
तर, न्यूयोर्क टाइम्सको अनुसन्धान—साक्षी, सहभागी र आगजनी विशेषज्ञहरूसँगका दर्जनौं अन्तर्वार्ता, अराजकताका तस्बिर र भिडियोको समीक्षा, र टाइम्सको भग्नावशेष स्थलको भ्रमणमा आधारित—जाँचले नयाँ विवरणहरू उजागर गरेको छ । यो देशव्यापी विनाशको अभियान अघिल्लो दिनको मृत्युको पूर्णतः स्वतःस्फूर्त प्रतिक्रिया थियो भन्ने विचारमा शंका उत्पन्न गरेको छ ।
सेप्टेम्बर ८ मा गोली चलेको केही घण्टापछि, नेपालको भ्रष्टाचार र संरक्षण सञ्जालको हिस्सा भएको आरोपित व्यक्तिहरूको निजी विवरणसहित “तयार–प्रयोग सूची” अनलाइनमा देखा पर्यो।
अर्को दिउँसो, यी व्यक्तिहरूको निवासमा आगो लाग्न थाल्यो। नेपालको कार्यकारी, विधायी र न्यायिक शाखाहरू पनि आगोले खरानी भए। विनाशको स्केल विनाशकारी थियो, जुन केही घण्टामा सयौं हवाई आक्रमणजस्तो थियो।
काठमाडौंमा सेप्टेम्बर ९ मा मुख्य भवनहरूमा आगलागी

Around 1:45 p.m.
The crowds broke into the Parliament complex.
Within 30 minutes
The Parliament building was on fire.
The crowds headed to the Supreme Court.
By 2:50 p.m.
The Supreme Court was on fire.
Around 3:06 p.m.
The crowds arrived at the Singha Durbar government building.
Within 20 minutes
The Singha Durbar was on fire.
Source: Eyewitnesses interviews and recordings
By Nailah Morgan and Agnes Chang
‘भीडले संसद् परिसरमा प्रवेश गर्यो।
संसद् भवनमा आगो लाग्यो।
भीड सर्वोच्च अदालततर्फ गएर सर्वोच्च अदालतमा आगो लाग्यो।
भीड सिंहदरबार सरकारी भवनमा पुगेर आगो लगायो ।’
“यति छोटो समयमा यति धेरै भवनमा आगजनी हुनु संगठनात्मक कौशल बिना सम्भव छैन,” एन्ड्रयू मूर एन्ड एसोसिएट्सका वरिष्ठ आगो अनुसन्धानकर्ता रिचर्ड ह्यागरले भने। “यस्तो कुरा हप्ता, यदि महिना दिन नभए पनि, को समय लगाएर योजना बनाउनुपर्छ।”
नेपाली सरकारको मुटुमा आक्रमण गर्ने भीडलाई संसद् परिसरबाहेक, जहाँ दंगा प्रहरीको टोली थियो, कुनै अवरोध भएन। चारजना प्रत्यक्ष जानकारी भएका व्यक्तिहरूले भने, त्यस दिन सडकमा कमै देखिएका नेपाली सेनालाई हस्तक्षेप नगर्न आदेश दिइएको थियो। यी, साथै अन्य साक्षी र अधिकारीहरूले, सार्वजनिक जानकारी दिन अनुमति नभएको वा प्रतिशोधको डरले नाम गोप्य राखेर टाइम्ससँग कुरा गरे।
सेप्टेम्बर ९ को अराजकताले नेपालका प्रधानमन्त्रीको राजीनामा ल्यायो। तुरुन्तै सरकार ढल्यो। नेपालको नोकरशाही खरानी भयो। काठमाडौं र यसका उपनगरमा ११० भन्दा बढी प्रहरी चौकीमा आगो लगाइयो, प्रहरी प्रवक्ताले भने। क्षति र व्यापारको हानिको हिसाब अझै भइरहेको छ, तर प्रारम्भिक अनुमानले यो नेपालको कुल गार्हस्थ उत्पादनको एक तिहाइभन्दा बढी भएको एक मन्त्रीले बताएका छन् ।
आगो अनुसन्धानकर्ताहरूले भवनहरूको कचरा नमूना परीक्षण, साक्षी अन्तर्वार्ता र भवनहरूको जाँचबिना सेप्टेम्बर ९ मा के भयो भनेर पुनर्निर्माण गर्न असम्भव भएको चेतावनी दिएका छन् । तर, यस्ता मामिलाहरू सामान्यतया सम्हाल्ने प्रहरी प्रयोगशालाले यो महत्त्वपूर्ण विश्लेषण गरेको छैन। यो आधिकारिक निष्क्रियता कुनै विशेष आदेशको परिणाम हो कि होइन, स्पष्ट छैन। तर, प्रत्येक दिनसँगै, नेपालको सरकार कसले, कसरी र किन आगजनी गर्यो भनेर पत्ता लगाउन विज्ञानले निर्धारण गर्न सम्भव हुने सम्भावना कम हुँदैछ।
नेपाल प्रहरीको केन्द्रीय फरेन्सिक विज्ञान प्रयोगशालाका सेक्सन प्रमुख पवन ढुंगानाले पुष्टि गरे अनुसार गत महिना आगलागी भएदेखि उनको टोलीलाई अनुसन्धानका लागि बोलाइएको छैन। उनको प्रयोगशालाले कुनै पनि परीक्षणका लागि केही प्राप्त गरेको छैन। उनले भने–आगोको मलबे सम्भवतः अप्रासंगिक बिन्दुसम्म बिग्रिएको छ ।
“काठमाडौंमा मात्र होइन, देशभर यी सबै आगलागी देख्दा, यो पूर्वनियोजित थियो भन्ने शंका गर्न सकिन्छ,” ढुंगानाले भने। “निश्चय नै, हामीसँग कुनै प्रमाण छैन।”
प्रधानमन्त्री सुशीला कार्कीको अन्तरिम सरकारले ठूलो आगलागी र प्रदर्शनकारीहरूमाथि अत्यधिक बल प्रयोगको अनुसन्धानका लागि आयोग गठन गरेको छ। तर, अर्का नेपाली फरेन्सिक प्रहरी अधिकारीले नेपालको न्यायिक अवरोधले अनुसन्धान पूरा हुन सात वर्षसम्म लाग्न सक्ने बताए। नेपाली व्यापार संगठनहरूले लगानीकर्ताको विश्वास पुनर्स्थापित गर्न तीव्र कारबाहीको आग्रह गरेका छन्। कसैले पनि आगलागीको जिम्मेवारी लिएको छैन, यद्यपि त्यसबारेका सिद्धान्तहरू आगोजस्तै फैलिएका छन्।
सेप्टेम्बर ९ मा, भीड दुई घण्टाभित्र संसद्, सर्वोच्च अदालत हुँदै सिंहदरबार परिसरमा पुग्यो, जसमा पूर्व दरबार र करिब २० मन्त्रालयहरू थिए। भीड आइपुगेको आधा घण्टाभित्र मुख्य भवनबाट धुवाँ निस्कन थाल्यो, प्रत्यक्षदर्शीहरुले बताए । यस्तो तीव्र प्रज्वलन, भित्री सामग्रीले मात्र नभएर तीव्र ज्वाला, आगलागी विशेषज्ञहरूले भने अनुसार विशेष त्वरकहरू पहिल्यै राखिएको “आगोको विधि” द्धारा सिर्जना गरिएको थियो।
ड्रोन फुटेजले संसद् र सिंह दरबार सरकारी भवनमा आगो बलिरहेको देखाउँछ। अनुज अधिकारी र किरण अधिकारी, रोयटर्समार्फत“तस्बिरहरू हेर्दा, मलाई सोडियम वा म्याग्नेसियम वा अन्य रसायनहरू प्रयोग भएको शंका छ, किनभने आगलागीको आकार ठूलो थियो,” ढुंगानाले भने। “तर विश्लेषण बिना, हामी निश्चित रूपमा केही भन्न सक्दैनौं।”
यी रसायनहरू नियन्त्रित पदार्थ हुन् र प्रयोग गर्न विशेषज्ञता चाहिन्छ। यिनलाई सजिलै किन्न सकिँदैन, जस्तै किरोसिनजस्ता सामान्य त्वरकहरू। तर ठूला भवनहरू जलाउन धेरै ग्यालन तरल इन्धन आवश्यक पर्छ।
उल्लेखनीय रूपमा, भीड आइपुग्दा केही भवनका माथिल्ला झ्यालहरू खुला थिए, जो सामान्यतया बन्द हुन्थे, त्यहाँका कामदारहरूले जानकारी दिए ।
सिंंह दरबार परिसरका माथिल्ला तलाका झ्यालहरू प्रदर्शनको समयमा खुला छोडिएका थिए।यो हावाले आगो फैलिन सहयोग गरेको हुन सक्छ, आगलागी विशेषज्ञहरूले भने। तर यो जानाजानी गरिएको थियो कि भनेर स्थलगत अनुसन्धान बिना निर्धारण गर्न सकिँदैन।
“यो संगठित षड्यन्त्रको सम्भावना बढी छ भन्ने कारकहरू हुन्—भवनको आकार, विनाशको स्तर, आगजनीको तीव्रता,” सिंगापुरको फायर साइन्स फरेन्सिक्सका प्रमुख सल्लाहकार केनेथ कीले बताए । “त्यसपछि प्रश्न गर्नुपर्छः ‘त्वरकहरू(ज्वलनशील पदार्थहरु) भवनमा कसरी आआइपुगे ? के यो आन्तरिक काम थियो ? किन सुरक्षाकर्मीहरूले आफ्नो पोस्ट छोडे ?’”
सिंहदरबार परिसरमा प्रधानमन्त्रीको कार्यालयको जलेको अवशेष।
अतुल लोके द न्यूयोर्क टाइम्सका लागि
काठमाडौं र नेपालभरका सहरहरूमा, भीडले खुल्लमखुल्ला काम गर्यो। उनीहरूले अघिल्लो रात सर्कुलेसन भएको सूचीहरू पछ्याए। निशानामा नेपालका प्रमुख राजनीतिक व्यक्तिहरूका घरहरू थिए, जसमा तीन ठूला राजनीतिक दलहरू—नेपाली काँग्रेस, माओवादी र कम्युनिस्टहरूका शीर्ष नेताहरू थिए। (तीभित्र गलत पहिचानका घटनाहरू पनि मिसिएका थिए।) यी आगजनीकर्ताहरू इन्धनका कन्टेनर र कपडाको बत्ती भएको बोतलहरूबाट सशस्त्र थिए, साक्षी र हिंसाका सहभागीहरूले भनेका छन्। केहीले लठ्ठी, राइफल र कुक्री, स्थानीय घुमाउरो खंजर समेत बोकेका थिए।
आगलागीमा भाग लिएका तीन युवाले बताए अनुसार उनीहरूले त्यस दिन पालोमा काम गरे र अज्ञात वृद्ध व्यक्तिहरूले मोटरसाइकल इन्धनले भरिएको पेट्रोल बम बाँडे। दुई जनाले आक्रमणका भिडियो साझा गरे। निशानामा परेको एक घरको छिमेकीहरूले भने अनुसार उनीहरूले ३० वर्षको उमेरका पुरुषहरूको समूहले ग्यास कन्टेनर खन्याएको देखेका थिए । आगोको ज्वाला दन्केको देखेर, एक अपराधीले यो पनि बताए कि उनीहरूले पैसा पाउनेछन्, छिमेकीहरूले भनेका छन् ।
नेपालको राजनीतिक संस्कृतिमा आगजनी सामान्य भएको छ। अब खारेज भएको राजतन्त्रविरुद्धको दशक लामो विद्रोहमा, माओवादीहरूले आगो लगाए र विस्फोटकहरू राखे, राज्यका प्रतीकहरू वा शक्तिशाली व्यवसायहरूलाई निशाना बनाए। २००६ मा गृहयुद्ध समाप्त भएपछि पनि जानाजानी आगजनी जारी रह्यो। उदाहरणका लागि, २०१९ मा, माओवादीबाट अलग भएका कम्युनिस्टहरूले टेलिकम अपरेटरको कथित भ्रष्टाचारको विरोधमा देशभर एक दर्जनभन्दा बढी सेलुलर टावरहरूमा आगो लगाएको स्वीकार गरेका थिए । (त्यो बेलामा विप्लव समुहले ती आगजनीको जिम्मा लिएको थियो–अनुवादक)
यो पटक तीन ठूला राजनीतिक दलहरू कोही पनि बचेका छैनन्। विनाशबाट बचेका दलहरूमा चौथो र पाँचौं ठूलो दलहरू छन्, एकजना सेप्टेम्बर ९ मा सामूहिक जेल तोड्ने नेतृत्वमा रहेका र अर्को राजावादी समूह हो (रास्वपा र राप्रपा–अनु)। सर्वोच्च अदालतमा करिब ६०, हजार मुद्दाका फाइलहरू जले, कतिसम्म भने आगो–प्रतिरोधी बक्सहरूमा राखिएकाहरू पनि, अदालतका एक कर्मचारीले बताए । भ्रष्टाचारविरुद्धको अदालतमा, भीडका सदस्यहरूले विशिष्ट कागजातहरू राखिएका कोठाहरू खोज्दै चिच्याए, दुई वकिलहरूले भनेका छन् ।
सहरका धेरै व्यापारी मालिकहरूले भने कि आगजनीकर्ताहरूले वैकल्पिक तलाहरूमा आगो लगाए, जुन ज्वालाहरूलाई जोड्ने रणनीति हो, आगो विशेषज्ञहरूले बताए अनुसार जसले व्यवस्थित आक्रमणको संकेत गर्छ ।
केन्द्रीय प्रहरी फरेन्सिक प्रयोगशाला पनि पेट्रोल बम प्रहार गर्ने पुरुषहरूले घेरिएको थियो। त्यहाँ आगो लाग्नबाट बच्यो, र प्रयोगशाला अक्षुण्ण रह्यो।
“हामी सबै यो कसले गर्यो जान्न चाहन्छौं,” ढुंगानाले भनेका छन् । “तर यो जवाफ पाउन लगभग असम्भव छ।”
(हन्ना बीच न्यूयोर्क टाइम्सकी ब्याङ्ककस्थित संवाददाता हुन्, उनले २५ वर्षभन्दा बढी समयदेखि एसियालाई कभर गरिरहेकी छन्। उनी गहिरो र अनुसन्धानात्मक कथाहरूमा केन्द्रित हुन्छिन्।)
न्यूयोर्क टाइम्सबाट, अक्टोबर १२, २०२५,
प्रतिक्रिया