काठमाडौं १२ असोज । धरान उपमहानगर पालिकाका मेयर हर्क साम्पाङले श्रम संस्कृति पार्टी नामक नयाँ दल दर्ताका लागि यही भदौ ६ मा निर्वाचन आयोगमा निवेदन पेश गरेका छन् ।
आयोग उच्च स्रोतका अनुसार उनी आफैँ अध्यक्ष रहने गरी दल दर्ताको निवेदन पेश भएको छ ।उनले आफ्नो दलको चुनाव चिन्ह ‘माटोको ढिस्को’ प्रस्ताव गरेका छन्
निवेदनमाथि राजनीतिक दल दर्ता सम्बन्धी ऐन तथा नियमावली अनुसार आवश्यक प्रमाण पुगे–नपुगेको अध्ययन भइरहेको र हेरेर निर्णय लिने आयोगका एक अधिकारीले बताए ।
२०७९ सालको स्थानीय चुनावमा साम्पाङ लौरो चुनाव चिन्ह लिएर धरान उपमहागरको मेयरमा प्रतिस्पर्धा गरी सफलता प्राप्त गरेका थिए ।
निर्वाचन आयोगमा अहिलेसम्म दर्ता भएका १२२ दलमध्येको एक दल साङपाङको दल बन्ने भएको छ। हालै जेनजी आन्दोलनपछि उनी आफूलाई प्रधानमन्त्री बनाउन माग गर्दै नेपाली सेनाको मुख्यालय आएको प्रसंग चर्चित छ ।
प्रतिक्रिया