रुकुमपश्चिमबाट दाङ जाँदै गरेको एक गाडी सल्यानमा दुर्घटना हुँदा ३ जनाको मृत्यु

काठमाडौं १२ असोज । रुकुमपश्चिमबाट दाङका लागि छुटेको फोर्स गाडी आज आइतबार बिहान सल्यानमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

बिहान करिब ४ बजेतिर राप्ती राजमार्गअन्तर्गत सल्यानको कपुरकोट गाउँपालिका ३ को चोरखोलामा फोर्स गाडी दुर्घटनामा परेको हो।

रुकुमपश्चिमको बाँफीकोट गाउँपालिकाबाट दाङ घोराहीतर्फ जाँदै गरेको लु २ प ६५०२ नम्बरको फोर्स गाडी दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ।

यस्तै अन्य दुई जना घाइते भएका छन्।

मृत्यु हुनेमा एक जना महिला र दुई पुरुष छन्। मृतकमध्ये एक जना बाँफीकोट गाउँपालिका(५ का प्रकाश केसी रहेको प्रहरीले जनाएको छ। अन्यको परिचय खुलेको छैन।

सडकबाट करिब तीन–चार सय मिटर तल खसेको फोर्समा पाँच जना सवार रहेको खुलेको छ।

घाइतेमध्ये एक जना महिला र अर्का एक जना पुरुष छन्। उनीहरूलाई उपचारका लागि नेपालगन्ज लगिएको छ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति