जेन-जी आन्दोलनमा मृत्यु भएका परिवारलाई १० लाख आर्थिक सहायता उपलब्ध गराउने

Providing financial assistance of 1 million to the families of those who died in the Gen-J movement

काठमाडौँ — सरकारले ‘जेन-जी’ आन्दोलनमा ज्यान गुमाएका परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ । 

बिहीबारको मन्त्रिपरिषद् बैठकले ज्यान गुमाएका परिवारलाई आर्थिक सहायताबाहेक काजकिरिया, खाना खर्च र यातायात खर्चबापत थप पाँच लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता जगदीश खरेलले जानकारी दिए । 

मन्त्री खरेलले भने, ‘यही भदौ २३ र २४ गते जेन-जी प्रदर्शनका क्रममा मृत्यु भई पहिचान खुलेका मृतक नेपाली नागरिकका प्रतिपरिवारलाई (भाग्ने क्रममा मृत्यु भएका कैदीबन्दी र बालबन्दीबाहेक) १० लाख रुपैयाँको दरले आर्थिक सहायता र काजकिरिया, खाना खर्च र खाना खर्चबापत पाँच लाख रुपैाँका दरले आर्थिक सहायता उपलब्ध गराउने निर्णय भएको छ । भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका क्रममा हालसम्म ७४ जनाको मृत्यु भएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति