काठमाडौं १० असोज । नेकपा माओवादीको केन्द्रीय समिति बैठकमा झण्डै हात हालाहालको अवस्था सिर्जना भएको छ । माओवादीको जारी केन्द्रीय समिति बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव जनार्दन शर्माका राजनीतिक प्रतिवेदनमाथि समूहगत छलफल गर्ने क्रममा पार्टीका विभिन्न आयोगका समूहमा केन्द्रीय सदस्य तथा जनार्दन शर्माका ज्वाईं ओम शर्मामाथि झण्डै हातपातको अवस्था सिर्जना भएको समूहगत छलफलमा सहभागी एक नेताले बताए ।
समूहगत छलफलमा बोल्ने क्रममा शर्माले प्रचण्डका झोले र भ्रष्टाचारीहरू भनेपछि सहभागीहरूले ‘कसले गरेको छ भ्रष्टाचार रु को हो झोले ? ‘भन्दै आक्रोश पोखेको ती नेताले बताए । उनले भने, ‘को हो झोले रु कसले गरेको छ भ्रष्टाचार, देखाऊ ? भन्दै आक्रोश पोखेका थिए । अनि एक जना सहभागीले शर्माको कठालो समात्न पुग्नुभयो । हल्ला भएपछि केही साथीहरूले रोक्नुभयो ।’
माओवादीको केन्द्रीय समिति बैठकमा तीनवटा प्रतिवेदन पेस भएका छन् । ती प्रतिवेदनमाथि समूहगत छलफल गर्ने क्रममा शर्माले झोलेहरूका कारण पार्टी बिग्रेको र सबैले भ्रष्टाचार गरेर कमाएको बताएका थिए ।
हातपात हुने अवस्था आएपछि छलफल नै रोकिएको ती सदस्यले बताए । उनले भने, ‘विवाद यति उग्र भयो कि केही साथीहरू शर्मालाई कुट्नै जानुभयो । एक जना त ६० वर्ष कटेका वृद्ध हुनुहुन्थ्यो ।’
प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि श्रेष्ठ र शर्माले फरक मत राखेका छन् । बिहीबारको बैठकमा प्रचण्ड, श्रेष्ठ र शर्मा बोलेका थिए । बैठकमा पनि प्रचण्ड एकातर्फ र श्रेष्ठ, शर्मा अर्कातर्फ उभिएका थिए ।
जनार्दनका ज्वाईं ओम शर्माले प्रचण्डका झोलेहरू भनेपछि झण्डे कुटाइ खाएनन्
प्रतिक्रिया