काठमाडौं १०असोज । काठमाडौं म्याराथनको १७औँ संस्करण आगामी कात्तिकमा हुने भएको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनले बिहीबार पत्रकार सम्मेलन आयोजना गर्दै काठमाडौं म्याराथनको आगामी संस्करण कात्तिक १ गते हुने जनाएको हो । नेपालको सबैभन्दा पुरानो काठमाडौं म्याराथन सन् २००७ देखि सुरु भएको थियो ।
पत्रकार सम्मेलनमा काठमाडौं म्याराथन र मुख्य प्रायोजक सिद्धार्थ बैंकबीच सहकार्यका लागि सम्झौता भएको छ । एनआरएस स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष नीलेन्द्रराज श्रेष्ठ र सिद्धार्थ बैंकको मार्केटिङ प्रमुख सुरेशराज महर्जनबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । यो सम्झौता तीन वर्षका लागि भए पनि सहकार्यको अवधि बढ्न सक्ने बताइएको छ ।
एनआरएस स्पोर्ट्स फाउन्डेसनका अध्यक्ष श्रेष्ठ यस संस्करणको म्याराथनबारे जानकारी दिएका दिए । उनले म्याराथन आयोजना गर्नका लागि धेरै कठिन भएको र यस किसिमको आयोजनाले नेपालको पर्यटनमा समेत ठूलो सहयोग पुग्ने बताए ।
नेपाल पर्यटन बोर्डका निर्देशक सुनिल शर्माले काठमाडौं म्याराथन जस्ता आयोजनालाई विश्वव्यापी बनाउन सहयोग गर्नुपर्ने औँल्याउँदै यस किसिमका म्याराथनले पर्यटन विकासमा पनि ठूलो टेवा पुर्याउने आशा व्यक्त गरेका छन् ।
१७औँ संस्करणमा कुल १३ वटा फरकफरक विधामा प्रतिस्पर्धा हुने भएका छन् । मुख्य विधाका विजेताहरूले पुरस्कार पनि पाउनेछन् । यसपल्ट करिब पाँच हजार धावक काठमाडौं म्याराथनमा दौडिने आयोजकको अपेक्षा छ । तीमध्ये दुई सय जना अन्तर्राष्ट्रिय धावकले यस म्याराथनमा प्रतिस्पर्धा गर्नसक्ने आयोजकको विश्वास छ ।
प्रतिक्रिया