जेनजी आन्दोलनमा दमन गर्नेहरू पक्राउ पर्न सक्ने कार्की सरकारको चेतावनी

काठमाडौं ९ असोज । गृहमन्त्री ओमप्रकाश अर्यालले भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनका क्रममा दमन गर्नेहरू पक्राउ पर्न सक्ने बताएका छन्।

सिंहदरबारमा सञ्चारकर्मीहरूसँग संक्षिप्त कुरा गर्दै मन्त्री अर्यालले राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेको भन्दै आयोगको सल्लाह र सिफारिस बमोजिम काम गर्ने दृढता व्यक्त गरे।

केही शीर्ष नेताको राहदानी रोक्का गर्ने विषयबारे पनि सञ्चारकर्मीले गृहमन्त्री अर्यालसँग जिज्ञासा राखेका थिए।

‘राज्यका अनुसन्धान गर्ने निकायहरू सक्रिय भइसकेका छन्। तत् तत् काममा यो कुरा लेखिसकिएको छ। के के गर्नुपर्छ भन्ने कुराहरू। त्यही बमोजिम हुन्छ’ उनले भने, ‘अनुसन्धान गर्ने निकायले के के रोक्नुपर्छ, त्यतिमात्र ९राहदानी मात्र० किन होलारु बयान पनि लिनुपर्ला। पक्राउ पनि गर्नुपर्ला। जे हुन्छ, त्यो अनुसन्धान गर्ने निकायले गर्ने कुरा हो। आयोग गठन भएको छ। आयोगले काम गर्छ।’

उनले शुसासनको मामलामा सरकारले दह्रोसँग खुट्टा टेक्ने बताए। निर्वाचन गर्न ६ महिनाको म्यान्डेट लिएर आएको सरकार भएकोले आफ्नो काममा सरकार पछाडि नहट्ने उनको भनाई थियो।

उनले भने, ‘शुसासनको मामलामा सरकारले खुट्टा टेकेन भने यो सरकारको म्यान्डेटमाथि पनि प्रश्न आउँछ। जेनजीहरूले प्रश्न उठाउन सक्छन्। त्यसकारण प्रधानमन्त्रीज्युले आफ्नो सम्बोधनमा भनिसक्नुभएको छ कि शुसानको मामलामा यो सरकारले दह्रोसँग खुट्टा टेक्छ।’

जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएका हत्या र अगाजनबारे छानबिन गर्न सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको अध्यक्षतामा उच्चस्तरीय जाँचबुझ आयोग गठन गरेको छ। आयोगले आजैबाट काम समेत थालेको छ।

आयोगले आन्दोलनका क्रममा काठमाडौँ लगायत मुलुकका विभिन्न भागमा भएको भौतिक तथा मानवीय क्षतिको विवरण र तथ्य प्रमाण माग गर्ने निर्णय गरेको छ।

आयोगले सर्वोच्च अदालत, गृहमन्त्रालय, मुख्यमन्त्रीका कार्यालय लगायतका निकायबाट त्यस्ता विवरण माग गर्ने निर्णय गरेको हो।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति