कैलालीको अत्तरियामा गोली चल्यो, घाइतेको पहिचान खुल्यो

धनगढी, ३ पुस । कैलालीको अत्तरियामा गोली चलेको छ । अत्तरियाको पूर्व रोडमा दुई राउण्ड गोली चलेको र गोली लागेर एक जना घाइते भएको मालाखेती प्रहरी जनाएको छ । यसअघि दुई जना घाइते भएको भनिए पनि एक जनामात्रै घाइते भएको प्रहरीको भनाइ छ ।

अत्तरियाको पूर्व रोड सुदूरपश्चिम सामुदायिक अस्पताल नजिकै चलेको गोली लागेर सुनचाँदी व्यवसायी विकास सुनार घाइते भएका हुन् । सुनारको दाहिने हात र ढाडमा गोली लागेको छ । कस्ले र किन गोली चलायो भन्ने बारेमा अनुसन्धान थालिएको इलाका प्रहरी कार्यालय मालाखेतिले जनाएको छ ।

इलाका प्रहरी कार्यालय मालाखेतिका सूचना अधिकारी प्रहरी निरीक्षक वासुदेव भट्टका अनुसार कैलाली गोदावरी नगरपालिका-२ सशस्त्र क्याम्प अगाडी पूर्वबाट पश्चिमतर्फ आउँदै गरेको नम्बर नखुलेको सेतो कलरको अपाचि मोटरसाइकलमा आएका दुई जनाले गोली चलाएका थिए ।

उक्त स्थानमा प्रहरी निरीक्षक  बासुदेव भट्टको कमाण्डमा ११ जनाको प्रहरी टोली खटाएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति