रेशम चौधरीको रिहाइको माग गर्दै प्रदर्शन

काठमाडौं, १ पुस  । कैलालीको टीकापुर घटनामा दोषी ठहर भई जन्मकैद सजाय भुक्तान गरिरहेका रेशम चौधरीको रिहाइको माग राखेर काठमाडौंमा प्रदर्शन भएको छ । 

नागरिक उन्मुक्ति पार्टीले शुक्रबार चौधरीको रिहाइको माग गर्दै प्रदर्शन गरेको हो । चौधरीसहितलाई आममाफी दिने उद्देश्यले सरकारकाले राष्ट्रपतिसमक्ष मुलुकी फौजदारी कार्यविधि संहिता (पहिलो संशोधन) अध्यादेश २०७९ जारी गर्न पेस गरेको छ ।

गत सोमबार सरकारले अध्यादेश पेस गरे पनि राष्ट्रपति विद्यादेवी भण्डारीले भने जारी गरेकी छैनन् । उक्त अध्यादेश जारी गराउन दबाब स्वरुप नागरिक उन्मुक्ति पार्टीले काठमाडौंमा प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरुले ‘हाम्रो देश राम्रो अध्यादेश’ लेखिएको प्लेकार्ड बोकेका थिए । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति