बुढीगण्डकीमा ८१ मेगावाटको जलविद्युत बन्ने, मागियो सुझाव

काठमाडौं, १ पुस । गोरखास्थित बूढीगण्डकी नदीमा ८१ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माणका लागि वातावरणीय प्रभाव मूल्यांकनको काम अगाढि बढेको छ । 

चुमनुब्री गाउँपालिकामा ८१ मेगावाटको जलविद्युत आयोजना निर्माणका लागि चिलिमे जलविद्युत कम्पनीले वातावरणीय अध्ययन प्रतिवेदन तयार गर्न सुझाव मागेको हो ।

आयोजना निर्माण गर्दा प्राकृतिक, भौतिक, जैविक, सामाजिक, सांस्कृतिक, आर्थिक प्रणालीबीच पर्नसक्ने अवसरबारे ७ दिनभित्र सुझाव पेश गर्न भनिएको छ ।

कम्पनीका अनुसार आयोजनाका लागि चुमनुब्री गाउँपालिका(४ नजिक ९ मिटर अग्लो बाँध बनाउनेछ, त्यहाँबाट पानीलाई सङ्लो बनाएर ४ हजार ३६५ मिटर लामो सुरूङमार्फत पानी चुमनुब्री(५ बिही नजिक निर्माण हुने पावरहाउसमा खसालिनेछ ।

सो पानीलाई टेसरेस सुरूङबाट पुनः बूढीगण्डकी नदीमै खसालेर बिजुली निकालिनेछ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति