इरान रुसको शीर्ष सैन्य सहयोगी : अमेरिका

न्युयोर्क, २४ मंसिर । रूस र इरानको सम्बन्ध पूर्णविकसित रक्षा साझेदारीमा गाढा भएको अमेरिकाले बताएको छ । रुसले अभूतपूर्व तहको सैन्य सहयोग गरिरहेको अमेरिकी राष्ट्रिय सुरक्षा परिषद्का प्रवक्ता जोन किर्बीले बताए । अमेरिकाले दुई देशले घातक ड्रोनको संयुक्त उत्पादनबारे सोचिरहेको विवरण देखेको देखेको उनले दाबी गरे । 

रुस र इरानबीचको सहकार्य हालै प्रकाश पारिएको छ । युक्रेनले रुसले आफ्नो आक्रमणमा इरानी ड्रोन प्रयोग गरेको आरोप लगाएको छ । इरानले सुरुमा रुसलाई कुनै पनि ड्रोन पठाएको अस्वीकार गरे पनि उसले युक्रेनमा आक्रमण गर्नुअघि केही आपूर्ति गरेको पछि खुलासा गरेको थियो । 

किर्बीले इरान र रुसबीच ड्रोन उत्पादन गर्ने साझेदारी युक्रेन, इरानका छिमेकी र अन्तर्राष्ट्रिय समुदायका लागि हानिकारक हुने बताए । 

अमेरिकाले इरानलाई हेलिकप्टर र हवाई रक्षा प्रणाली लगायतका ‘उन्नत सैन्य कम्पोनेन्टहरू’ उपलब्ध गराउन चाहेको भन्दै उनले भने, “रुसले इरानसँग हतियार विकास, तालिम जस्ता क्षेत्रमा सहकार्य गर्न खोजिरहेको छ ।”  
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति