थाहा पाउनुहोस् आजको मौसम

काठमाडौँ, २४ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । मुलुकका पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

दिउँसो प्रदेश १, गण्डकी र कर्णालीका पहाडी भूभागमा आंशिक बदलीको सम्भावना रहेको मौसम पूर्वानुमाा महाशाखाले जनाएको छ । बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । 

आइतबार प्रदेश १, मधेस र गण्डकीमा आंशिक बदलीको आकलन गरिएको छ ।

पछिल्लो समय तराईमा हुस्सु लाग्न थालेको छ । जसकारण विभिन्न क्षेत्रमा भिजिबिलिटी पनि घट्न थालेको छ । देशका अधिकांश भूभागमा तापक्रम क्रमिक रूपमा घट्दै गइरहेकाले चिसोबाट बच्न महाशाखाले अनुरोध पनि गरेको छ । 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति