प्रदेश १, मधेस, बागमती र गण्डकीमा बदलीको सम्भावना

काठमाडौँ, २३ मंसिर । हाल देशमा उल्लेखनीय मौसमी प्रणाली छैन । पहाडी भूभागका थोरै स्थानमा आंशिक बदली रहेको छ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १, मधेश, बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।  बाँकी  भूभागमा मौसम सामान्यतया सफा रहने छ ।  

राति प्रदेश १, मधेस र बागमतीमा आंशिक बदलीको आकलन गरिएको छ । शनिबार देशभर मौसम सामान्यतया सफा रहने सम्भावना छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति