इरानमा यो वर्ष ५०४ जनालाई मृत्युदण्ड

एजेन्सी, २० मंसिर । इरानले सन् २०२२ मा अहिलेसम्म ५०० भन्दा बढी मानिसहरुलाई मृत्युदण्ड दिएको र यो संख्या गत वर्षको तुलनमा धेरै बढी भएको एक अधिकारवादी समूहले जनाएको छ ।

 नर्वेस्थित इरान ह्युमन राइट्सका अनुसार यस वर्षको डिसेम्बरसम्म इरानमा ५०४ जनालाई मृत्युदण्ड दिइएको छ । फाँसी दिइएको भनिएको व्यक्तिहरूको थप केसहरू पुष्टि गर्न काम आफूले गरिरहेको पनि समूहले जनाएको छ ।

अधिकारीहरूले सेप्टेम्बरदेखि इरानमा सुरु भएको शासन विरोधी प्रदर्शनमा संलग्न व्यक्तिहरूलाई मृत्युदण्डको सजायको व्यापक प्रयोग गर्ने चिन्ता बढ्दै जाँदा प्रछिल्लो प्रतिवेदन सार्वजनिक भएको हो । 

आईएचआरको गणनामा चार जना व्यक्तिहरू समावेश छन् जसलाई इजरायलको गुप्तचर सेवासँग काम गरेको अभियोगमा आइतबार मृत्युदण्ड दिइएको आधिकारिक सञ्चार माध्यमले जनाएको छ । 

उनीहरुलाई तेहरान बाहिर रहेको गोहार्डस्ट पनि भनिने राजाइ शहर कारागारमा मृत्युदण्ड दिइएको अधिकारवादी समूहले जनाएको छ । 
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति