मूल्य समायोजनपछि सानिमा बैंकको सेयर भाउ २४७.१८ रुपैयाँ पुग्यो

काठमाडौँ, १९ मंसिर । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सानिमा बैंक लिमिटेडको सेयर मूल्य समायोजन भएको छ । लाभांश वितरण प्रयोजनार्थ बैंकले बुकक्लोज गरेसँगै नेप्सेले सेयर मूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

नेप्सेले बैंकको १० प्रतिशत बोनस सेयर समायोजन गरेको हो । समायोजनपछि बैंकको सेयर मूल्य २४७ रुपैयाँ १८ पैसा कायम भएको छ । अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा बैंकको सेयर मूल्य समायोजन भएको थियो ।

अघिल्लो कारोबार दिन (आइतबार) बैंकको सेयर प्रतिकित्ता २७१ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो । नयाँ मूल्यलाई आधार मानेर आज बैंकको सेयर कारोबार खुल्ने छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति