दोलखामा पुनः माओवादी उम्मेदवार कार्कीको अग्रता

काठमाडौँ, १८ मंसिर । दोलखामा पछिल्लो मतपरिणाम अनुसार पुनः गठबन्धनका तर्फबाट नेकपा (माओवादी केन्द्र)का उम्मेदवार गंगा कार्कीले अग्रता लिएका छन् ।

कार्कीले ३३ हजार ६ मत प्राप्त गर्दा नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीले ३२ हजार ८२३ मत प्राप्त गरेका छन् । कार्की र शिवाकोटी बीचको मतअन्तर अहिले १८३ रहेको छ । 

अब विगु गाउँपालिका १, २, ३, शैलुङ गाउँपालिका १, २ तथा मेलुङ गाउँपालिका १, ३ को मत गन्न बाँकी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board