सत्तारूढ गठबन्धनको बैठक बस्दै

काठमाडौँ, १९ मंसिर । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछिको समग्र अवस्थाका बारेमा छलफल गर्न सोमबार सत्तारूढ गठबन्धनको बैठक बस्ने भएको छ ।

नेकपा (माओवादी केन्द्र)का महासचिव देवप्रसाद गुरुङले सोमबार सत्तारूढ गठबन्धनको बैठक बोलाइएको जानकारी दिए । बैठकमा निर्वाचनको समग्र अवस्थाका बारेमा समीक्षा हुने बताइएको छ ।

यही मंसिर ४ गते सम्पन्न निर्वाचनमा नेपाली कांग्रेसले ५७ स्थानमा जित निकालेको छ ।

त्यस्तै, नेकपा (एकीकृत समाजवादी)ले १० स्थानमा जित निकाल्दा, लोकतान्त्रिक समाजवादी पार्टीले चार, राष्ट्रिय जनमोर्चा एक स्थानमा विजयी भएको छ । बैठकको समयका बारेमा भने केही बताइएको छैन ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति