दोलखामा माओवादीका कार्कीलाई पछि पार्दै शिवकोटीको अग्रता

काठमाडौँ, १८ मंसिर । दोलखामा प्रतिनिधिसभा सदस्यमा नेकपा (एमाले)का उम्मेदवार बालकृष्ण शिवाकोटीले अग्रता लिएका छन् ।

सुरूवातमा नेकपा (माओवादी केन्द्र)का गंगा कार्कीले अग्रता लिए पनि आइतबार बिहानसम्म भएको मतगणनामा एमालेका उम्मेदवार शिवाकोटी १ हजार ५०३ मतले अघि छन् ।

निर्वाचन कार्यालयका अनुसार ३६ हजार ३३६ मतगणना हुँदा एमालेका शिवकोटीले १६ हजार २१४ मत प्राप्त गरेका छन् । उनका निकटतम् प्रतिद्वन्द्वी माओवादीका गंगा कार्कीले १४ हजार ७११ मत ल्याएका छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति