समानुपातिकतर्फ कुन दलले कति मत पाए ?

काठमाडौँ, १७ मंसिर । ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मतपरिणम करिब करिब अन्तिमतिर आइपुगेको छ । मतपरिणामअनुसार प्रत्यक्षतर्फ नेपाली कांग्रेस पहिलो दल बनेको छ भने समानुपातिकतर्फ नेकपा (एमाले) पहिलो दल बन्ने पक्का भएको छ ।

समानुपातिक प्रणालीतर्फ हालसम्म एक करोड चार लाख ४ हजार ७६६ मतगणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार जसमध्ये एमालेले २७ लाख ८३ हजार ३८८ मत प्राप्त गरेको छ भने कांग्रेसले २६ लाख ५२ हजार ६२८ मत प्राप्त गरेको छ ।

यस्तै, माओवादी केन्द्रले ११ लाख ६१ हजार ८८०, राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २३ हजार ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार २५९, जनता समाजवादी पार्टी नेपालले चार लाख २० हजार ९४३ र जनमत पार्टीले तीन लाख ९४ हजार ३८५ मत प्राप्त गरेका छन् ।

प्रतिनिधिसभामा प्रत्यक्षतर्फका १६५ क्षेत्रमध्ये १६२ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । स्याङ्जा २, दोलखा र बाजुराको परिणाम आउन बाँकी छ ।

पछिल्लो मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ कांग्रेस ५५ स्थानमा, एमालेले ४४ स्थानमा, माओवादी केन्द्र १७, एकीकृत समाजवादी १०, जनता समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीले समान सात स्थानमा जित हासिल गरेका छन् ।

स्वतन्त्र पाँच, लोकतान्त्रिक समाजवादीको चार, नागरिक उन्मुक्ति पार्टी तीन, नेपाल मजदुर किसान पार्टी, जनमत पार्टी र राष्ट्रिय जनमोर्चा समान एक स्थानमा विजयी भएका छन् ।
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board