महोत्तरीको बर्दिबासमा अर्को चुनावको चर्चा !

महोत्तरी, १६ मंसिर । प्रदेश र प्रतिनिधिसभाको निर्वाचन सकिएसँगै महोत्तरीको बर्दिबासमा निर्वाचन सुरु भएको छ ।

बर्दिबास नगरपालिकामा १० वर्षदेखि हुन नसकेको उद्योग वाणिज्य संघ र खानेपानी संस्थानको निर्वाचनले माहोल तातेको हो ।

७ पुसमा निर्धारण भएको उद्योग वाणिज्य संघको निर्वाचनका लागि दौडधुप सुरु भएको छ । झण्डै १४ सय व्यवसायी अहिले उद्योग वाणिज्य संघ बर्दिबासमा दर्तामा छन् ।

यतिबेला आगामी नेतृत्वको रस्साकस्सीमा दुई जना मैदानमा देखिएका छन् । पूर्वउपाध्यक्ष कृष्ण गौतम र विष्णु खडकाको बजारमा चर्चा चलेको छ ।

उपाध्यक्ष कृष्ण गौतमले पत्रकारसँगको भेटघाटमा २० वर्षदेखिको वाणिज्य संघमा बसेर गरेको कामलाई अध्यक्षको नेतृत्व लिएर अगाडि बढन चाहेको बताए ।

विष्णु खडकाले पनि विगतमा सामाजिक संस्थामा बसेर गरेको कुशल र सफल नेतृत्व अब उद्योग वाणिज्य संघमा बसेर अझ फराकिलो बनाउने बताउँदै आएका छन् ।

पूर्वमहासचिवको भूमिकामा रहेर काम गरिसकेका युवा भवनाथ खतिवडाले पनि संस्थाको नेतृत्व गर्ने चाहना व्यक्त गरेका छन् । उनले सामाजिक सञ्जाल आफ्नो फेसबुक मार्फत आफू पनि अध्यक्षको उम्मेदवार भएको घोषणा गरेका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board