समानुपातिकतर्फको एक करोड २ लाख ७९ हजार मत गणना, कसले कति पाए ?

काठमाडौँ, १६ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका प्रत्यक्ष र समानुपातिकतर्फको मतगणना लगभग अन्तिम चरणमा पुगेको छ । शुक्रबार बिहान साढे ९ बजेसम्मको मतपरिणामअनुसार प्रतिनिधिसभातर्फ अब ३ क्षेत्रको मात्र अन्तिम परिणाम आउन बाँकी छ । जसमा नेपाली कांग्रेसले २ र नेकपा (माओवादी केन्द्र)ले एक ठाउँमा अग्रता लिएको छ ।

यता समानुपातिक निर्वाचन प्रणालीतर्फ नेकपा (एमाले)ले अग्रता कायमै राखेको छ । पछिल्लो परिणाअनुसार एमालेले २७ लाख ७२ हजार ९८५ मत पाएको छ । दोस्रो स्थानमा रहेको कांग्रेसले २६ लाख ४३ हजार २९६ मत ल्याएको छ ।

नेकपा (माओवादी केन्द्र) तेस्रो स्थानमा छ । माओवादीले ११ लाख ६१ हजार १७३ मत पाएको छ । यस्तै, ११ लाख १९ हजार ४१६ मतसहित राष्ट्रिय स्वतन्त्र पार्टी चौथो स्थानमा छ ।

राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ८५ हजार ८८७ मतसहित पाँचौँ, जनता समाजवादी पार्टी ४ लाख २० हजार ९२८ मत पाउँदै छैटौँ स्थानमा छ ।

जनमत पार्टी ३ लाख ९४ हजार ३४० मतसहित सातौँ, नेकपा (एकीकृत समाजवादी) २ लाख ९४ हजार १८ मतसहित आठौँ, नागरिक उन्मुक्ति पार्टी २ ७१ हजार ६५७ मत पाउँदै नवौँ र लोकतान्त्रिक समाजवादी पार्टी १ लाख ६७ हजार २७८ मतसहित दशौँ स्थानमा छ ।

यो निर्वाचनमा जम्मा १ करोड ७९ लाख ८८ हजार ५७० मतदाता थिए । त्यसमध्ये ६१ प्रतिशत अर्थात् करिब १ करोड ९ लाख हाराहारीमा मत खसेको थियो ।

हेर्नुहोस् कुन दलले कति मत पाए ?

नेकपा (एमाले)– २७,७२, ९८५
नेपाली कांग्रेस– २६,४३,२९६
नेकपा (माओवादी केन्द्र)– ११, ६१, १७३
राष्ट्रिय स्वतन्त्र पार्टी– ११,१९४१६
राष्ट्रिय प्रजातन्त्र पार्टी– ५,८५,८८७
जनता समाजवादी पार्टी– ४,२०,९२८
जनमत पार्टी– ३,९४,३४०
नेकपा (एकीकृत समाजवादी)– २,९४,०१८
नागरिक उन्मुक्ति पार्टी– २,७१,६५७
लोकतान्त्रिक समाजवादी पार्टी– १,६७,२७८
नेपाल मजदुर किसान पार्टी– ७५,०४२
हाम्रो नेपाली पार्टी– ५५,५८७
मंगोल नेसनल अर्गनाइजेसन– ४८,५०४
राष्ट्रिय जनमोर्चा– ४६,३४७

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति