स्याङ्जा–२ मा कांग्रेसका गुरुङको अग्रता कायमै

स्याङ्जा, १६ मंसिर । स्याङ्जा क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार धनराज गुरुङको अग्रता कायमै रहेको छ । उनी आफ्ना निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) उम्मेदवार पद्माकुमारी अर्यालभन्दा दुई हजार ४१८ मतले अगाडि छन् ।

केहीबेर अघिसम्मको मत गणनाअनुसार कांग्रेस उम्मेदवार गुरुङले एघार हजार ९२० मत प्राप्त गर्दा एमालेकी अर्यालले नौ हजार ५०२ मत ल्याएकी छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले पाँच हजार एक सय ९२ मत प्राप्त गरेका छन् । कुल ७० हजार १९१ मत खसेको क्षेत्र नम्बर २ मा हालसम्म २८ हजार ५८३ मत गणना भएको छ ।

हालसम्म स्याङ्जाको गल्याङ नगरपालिका वडा नम्बर ६ र ७, भिरकोट नगरपालिकाका वडा नम्बर ५, ६, ७, ८ र ९ तथा वालिङ नगरपालिकाको १, २, ५, ६, ७, ८, ९, १०, ११, १२ र १३ गतणना सकिएको छ । वडा नम्बर १४ को मत गणना जारी छ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board