कमलामाई नगप्रमुख पोखरेलले कर्मचारीमाथि अभद्रव्यवहार गरेको आरोप

सिन्धुली । कमलामाइ नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेलले नगरपालिकाकै शिक्षा अधिकारी शंकरराज लुईँटेललाई गालीगलौज तथा दुव्र्यवहार गरेको भन्दै पेशागत संस्थाहरुले आपत्ति जनाएको छ ।

मंसिर १३ गते नगर प्रमुख पोखरेलले शिक्षा अधिकारी लुइँटेललाई कार्यकक्षमै अमर्यादित रुपमा गालीगलौज र दुव्र्यवहार गरेको भन्दै ती संस्थाहरुले विरोध जनाएका हुन् ।

पेशागत महासंघ नेपाल, नेपाल राष्ट्रिय शिक्षक संगठन, निजामती कर्मचार संगठन, स्थानीय तह कर्मचारी संघ र सेवा निवृत्त राष्ट्र सेवक संघले विज्ञप्ति निकाल्दै नगर प्रमुखको कार्यशैलीको विरोध गरेका छन् ।

ती संगठनहरुले विज्ञप्तिमा ‘नगर प्रमुखजस्तो गरिमामय पदमा आसिन अभिभावकीय भूमिकामा रहेका व्यक्तिबाट आफ्नो मातहतको कर्मचारमिाथि यस्तो दुव्र्यवहार हुनु अशोभनीय कार्य मात्र नभई पदीय मर्यादाको पनि अवमूल्यन हो’ भनेका छन् ।

उनीहरुले कर्मचारीमाथि विभेद नगर्न समेत सचेत गराएका छन् ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board