चीनमा राष्ट्रव्यापी विरोध प्रदर्शनपछि कोभिड प्रतिबन्ध खुकुलो बनाउने संकेत

बेइजिङ, १५ मंसिर (एजेन्सी) । तालाबन्दी र वृहत राजनीतिक स्वतन्त्रताको अन्त्यको लागि आह्वान गर्दै राष्ट्रव्यापी विरोध प्रदर्शनपछि चीनका शीर्ष कोभिड अधिकारीले भाइरसप्रति शून्य–सहिष्णुता नीतिलाई सहज बनाउने संकेत गरेका छन् । 

चीनको शून्य–कोभिड नीति– सामूहिक तालाबन्दी, निरन्तर परीक्षण र संक्रमित नभएका मानिसहरूका लागि पनि क्वारेन्टाइन जस्ता विषयप्रति आक्रोशित सर्वसाधारणहरुल बेइजिङ, सांघाई र गुआन्झाउलगायतका प्रमुख शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । 

प्रर्दशनलाई दमन गर्न अधिकारीहरूले आह्वान गरेका छन । उनीहरुले भाइरसप्रतिको रणनीतिलाई सहज र केही खुकुलो पार्ने संकेत पनि गरेका छन् । बुधबार राष्ट्रिय स्वास्थ्य आयोगमा बोल्दै उपप्रधानमन्त्री सुन चुनलानले ओमिक्रोन भेरियन्ट कमजोर हुँदै गएको र खोपको दरमा सुधार भइरहेको सरकारी समाचार संस्था सिन्ह्वाले जनाएको छ । 

अर्थतन्त्र र दैनिक जीवनमा बाधा पु¥याउने शून्य–कोविड नीतिबारे भने उनले केही उल्लेख गरिनन् । अधिकारीहरूले बुधवार शहरका ११ जिल्लाहरूमा विभिन्न कोभिड प्रतिबन्धहरूलाई केही सहज बनाएका प्राप्त विवरणहरुमा जनाइएको छ । 
 

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board