सुनसरी–४ मा कांग्रेसका कार्कीभन्दा कुसियैत ८२ मतले अगाडि

काठमाडौँ, १५ मंसिर । मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मतगणना अन्तिम चरणमा छ ।

१६५ क्षेत्रमध्ये हालसम्म १६१ क्षेत्रको परिणाम सार्वजनिक भइसकेको छ । ३ क्षेत्रको मणना अझै सुरू हुन सकेको छैन भने सुनसरी क्षेत्र नम्बर ४ को मतगणना जारी छ ।

मतगणना जारी रहेको सुनसरी–४ मा नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की र नेकपा (एमाले)का उम्मेदवार जगदीशप्रसाद कुसियैतबीच कडा प्रतिस्पर्धा चलिरहेको छ ।

पछिल्लो मत परिणामअनुसार एमालेका कुसियैतले ८२ मतको अग्रता लिएका छन् । उनले २९ हजार ७९४ मत प्राप्त गरेका छने भने सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका कार्कीले २९ हजार ७१२ मत ल्याएका छन् ।

यो क्षेत्रमा सुरूदेखि नै कांग्रेस र एमाले उम्मेदवारको कडा टक्कर देखिएको छ ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति