स्याङ्जा–२ मा पद्‍मा अर्याललाई प्रारम्भिक अग्रता

काठमाडौँ, १५ मंसिर । प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य चुनावअन्तर्गत स्याङ्जाको क्षेत्र नम्बर २ मा प्रारम्भिक मतगणनामा नेकपा (एमाले)ले अग्रता लिएको छ ।

गल्याङ नगरपालिका ६ र ७ तथा भिरकोट–५ र ६ को गणना हुँदा एमालेकी उम्मेदवार पद्‍मा अर्याल ४४४ मतले अगाडि छिन् ।

पछिल्लो विवरणअनुसार एमालेकी अर्यालले २ हजार ६४८ मत प्राप्त गरेकी छन् भने उनका निकटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका धनराज गुरूङले २ हजार २०४ मतसहित पछ्याइरहेका छन् । त्यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टी टीकाराम गुरूङले ५१२ मत प्राप्त गरेका छन् ।

स्याङ्जा २ मा ७० हजार १९१ मत खसेको छ । स्याङ्जामा गएरातिदेखि मतगणना सुरू भएको हो ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति