सुनसरी–४ मा कांग्रेस उम्मेदवार कार्कीको अग्रता कायमै

सुनसरी, १४ मंसिर । सुनसरी क्षेत्र नम्बर ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म ३२८ मतको अग्रता कायम राखेका हुन् ।

जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ तथा उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा (एमाले)का उम्मेदवार जगदीश कुसियैतले २६ हजार २३५ मत प्राप्त गरेका छन् ।

उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मंगलबारदेखि पुनः सुरु भएको हो ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board