उदयपुर १ मा मतगणना पुनः सुरु

काठमाडौं, १३ मंसिर । उदयपुर १ मा तीन दिनदेखि रोकिएको मतगणना पुनः सुरु भएको छ । निर्वाचन आयोगले निर्देशन दिएपछि उक्त क्षेत्रमा मंगलबार बिहानबाट गणना सुरु भएको हो ।

यसअघि केही मतदान केन्द्रका मतपेटिकामा प्रदेशको मतपत्र प्रतिनिधिसभातर्फको मतपेटिकामा भेटिएको र तथ्यांकमा रहेका मतपत्रभन्दा बढी पाइएपछि विवाद भएको थियो ।     
     
एमाले लगायतका केही स्वतन्त्रका उम्मेदवारले फेरि मतदान हुनुपर्ने माग राख्दै  मुख्य निर्वाचन अधिकृतको कार्यालयमा निवेदन दिएपछि मतगणना अवरुद्ध भएको थियो । याे क्षेत्रमा कांग्रेस उम्मेदवार नारायण खड्का र एमालेकी मञ्जु चाैधरीबीच कडा प्रतिस्पर्धा चलेकाे छ । खड्का थाेरै मतान्तरले अगाडि छन् ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति