उदयपुरमा मतगणनालाई निरन्तरता दिन निर्देशन

काठमाडौँ, १३ मंसिर । निर्वाचन आयोगले उदयपुर  १ मा मतगणनालाई निरन्तरता दिन मुख्य निर्वाचन अधिकृतको कार्यालयलाई निर्देशन दिएको छ ।

मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको जारी मतगणनाबारे उक्त कार्यालयलाई आयोगले पत्रमार्फत सो निर्देशन दिएको हो ।

आयोगले एउटा प्रणालीको मतपत्रबाट दोहोरो मतदान भएको भनी सम्बन्धित मतदान अधिकृतले प्रतिवेदन दिएको भए आयोगको मंसिर ४ र ५ गतेको आयोगको पत्रबमोजिम मतगणना कार्यलाई निरन्तरता दिन आयोगले निर्देशन दिएको छ ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2025 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति