विश्वकप फुटबलमा क्यामरुन र सर्वियाबीच ३–३ को बराबरी

काठमाडौँ, ११ मंसिर । उत्कृष्ट पुनरागमसहित सर्बियालाई ३–३ को बराबरीमा रोक्दै क्यामरुनले कतार विश्वकप २०२२ को अन्तिम १६ प्रवेश सम्भावना कायम राखेको छ । अल जनुब स्टेडियममा जिन चाल्र्स कास्टेलेटोको गोलमा क्यामरुनले अग्रता लिएको थियो । 

पहिलो हाफको इन्जुरी समयको दुई मिनेट अन्तरमा दुई गोल गर्दै सर्बियाले खेलमा २–१ को अग्रता लियो । स्ट्रहिन्जा पाभ्लोभिचले र मिलान्कोभिच गोल गरेका थिए। 

खेलको ५३औँ मिनेटमा एलेक्सजेन्डर मिट्रोचिले गोल गरेपछि सर्बिया ३–१ ले अघि बढ्यो । यसपछि ६ औँ मिनेटमा क्यारुनका भिसेन्ट अबुबकारले खेललाई ३–२ को स्थितिमा झारे । दुई मिनेटपछि नै इरिक म्याक्सिम चुपो मोन्टिङले क्यारुनलाई खेलमा ३–३ को अवस्थामा ल्याएका थिए । 

समूह ‘जी’ मा ब्राजिल र स्विट्जरल्यान्ड समान तीन अंकसहित पहिलो र दोस्रो स्थानमा छन् । क्यामरुन र सर्बियाको भने समान एक अंंक छ । 

पहिलो खेलमा क्यामरुनले स्विट्जरल्यान्डसँग १–० तथा सर्बियाले ब्राजिलसँग २–० को हार बेहोरेका थिए ।  क्यामरुनले अन्तिम खेलमा ब्राजिल र सर्बियाले स्विट्जरल्यान्डको सामना गर्नेछ ।

  • Nepal News Agenacy Pvt. Ltd.

  • Putalisadak, Kathmandu Nepal

  • 01-4011122, 01-4011124

  • [email protected]

  • Department of Information and Broadcasting Regd.No. 2001।077–078

©2024 Nepal Page | Website by appharu.com

Our Team

Editorial Board