चीनमा एकैदिन ४० हजारभन्दा बढी कोभिड संक्रमित

एजेन्सी,  १२ मंसिर । चीन पछिल्लो २४ घन्टामा एकैदिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् ।

उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको संख्या तीव्र ढंगले बढिरहेको छ । 

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी चिनफिङको राजीनामा माग गरेका हुन् ।

उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन् ।
 

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति