धनुषा ४ मा कांग्रेसका यादवले लिए ६८६ मतको अग्रता

धनुषा, १२ मंसिर । यही मंसिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनअन्तर्गत धनुषा– ४ मा मतगणना जारी रहेको छ ।

मतगणना जारी रहँदा नेपाली कांग्रेसका महेन्द्र यादवले आफ्नो अग्रता बढाउँदै लगेका छन् । मतगणनाको सुरुदेखि नै नेकपा (एमाले) रघुवीर महासेठले अग्रता लिएका थिए ।

मतगणनाको पछिल्ला विवरण अनुसार यादवले ६८६ मतले अग्रता लिएका छन् । उनले २७ हजार २०६ मतप्राप्त गरेका छन् भने महासेठले २६ हजार ५२० मत प्राप्त गरेको मतदान अधिकृत सुदीप दंगालले जानकारी दिए ।

  • नेपाल न्युज एजेन्सी प्रा.लि

  • पुतलीसडक, काठमाडौं नेपाल

  • ०१-४०१११२२, ०१-४०१११२४

  • [email protected]

  • सूचना तथा प्रसारण विभाग दर्ता नं. २००१।०७७–०७८

©2026 Nepal Page | Website by appharu.com

हाम्रो टिम

सम्पादकीय समिति